१ जेष्ठ २०८१, मंगलवार

तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

gold

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ७०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ७०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३०० रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । 

बिहीबार तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजावी सुन तोलाको १ लाख ५०० रुपैयाँ निर्धारण भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो । 

    सम्बन्धित समाचार...