६ बैशाख २०८१, बिहीबार

मेसी चम्किदा अर्जेन्टिना फाइनलमा, क्रोएसिया बाहिरियो

messi

कप्तान लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनमा क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना कतार फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतार दोहास्थित लुसेल मैदानमा कप्तान मेसीले एक गोल र एक असिस्ट गर्दा जुलियन अल्भारेजले दुई गोल गरेका थिए । 

अब, आइतबार अर्जेन्टिनाले उपाधिका लागि मोरक्को र फ्रान्सको विजेतासँग फाइनल खेल्नेछ । खेल आज राति हुनेछ । यस जितसँगै अर्जेन्टिना छैटौं पटक फाइलनमा प्रवेश गरेको छ । यस अघि अर्जेन्टिना दुईपटक विश्वविजेता भएको थियो । अर्जेन्टिना अन्तिम पटक मेसीको कप्तानीमा सन् २०१४ मा फाइनल खेल्दा उपविजेता भएको हो । 

मेसीले ३४औं मिनेटमा जारी प्रतियोगिताको व्यक्तिगत पाँचौं गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । प्रतियोगिताका पाँच गोलमध्ये मेसीले पेनाल्टीमा गरेको यो तेस्रो गोल हो । मंगलबारको गोलसँगै जारी विश्वकपको उच्च गोलकर्ताको दौडमा मेसीले फ्रान्सका किलियन एमबाप्पेसँग बराबरी गरेका छन् । 

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले स्ट्राइकर जुलियन अल्भारेजलाई वान भर्सेज वानको अवस्थामा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । उनले बायाँ खुट्टाले प्रहार गरेको कडा बल विपक्षी गोलकिपरलाई कुनै मौका नदिई गोलमा परिणत भएको थियो । 

अर्जेन्टिनाका लागि मेसीले अग्रता दिलाएको पाँच मिनेटमै अल्भारेजले नै दोस्रो गोल गरे । काउन्टर अट्याकको मुभमा तिब्र गतिमा बल अगाडि बढाउँदै उनले पेनाल्टी बक्स भित्रबाट तीन विपक्षी रक्षकको बीचबाट गोल गरेका थिए ।

अल्भारेजले व्यक्तिगत दोस्रो गोल खेलको ६९औं मिनेटमा गरेका थिए । कप्तान मेसीले बक्सभित्र मिलाएको आकर्षक बललाई अल्भारेजले सहज गोल गरेका थिए । 

    सम्बन्धित समाचार...