१३ बैशाख २०८१, बिहीबार

गण्डकीमा एकैदिन थपिए १६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५४ पुग्यो

corona virus illustration

गण्डकी प्रदेशको बाग्लुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जना नायाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।

बाग्लुङमा १० जना, पर्वतमा ४ जना स्याङ्जामा १ जना र म्याग्दीमा १ जना नयाँ संक्रमित भेटिएका हुन्।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको परिक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकीमा संक्रमितको संख्या ५४ जना पुगेको छ। निको भएर घर जानेको संख्या भने ३ जना रहेका छन्।

बाग्लुङको निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, म्याग्दीको मंगला गाउँपालिका, पर्वतको बिहादी गाउँपालिका र फलेबास नगरपालिकामा थप संक्रमित फेला परेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् ।

नयाँ संक्रमितहरुमा बाग्लुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला रहेका छन्।

बाग्लुङकै बडिगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष छन् भने बाग्लुङकै गल्कोट नगरपालिकाका वर्ष २०, २२ र २३ का ३ जना पुरुष रहेका छन्।

उनीहरु सोही ठाउँहरुमा स्थानीय तहले बनाएको क्वारेनटाइनमा बसेका थिए।

यस्तै, पर्वतको फलेबास नगरपालिका घर भई कुश्मा नगरपालिकाको क्वारेनटाइनमा रहेका वर्ष २१ का दुई जना पुरुष, बिहादी गाउँपालिका घर भई कुश्माकै क्वारेनटाइनमा बसेका बर्ष २४ र २८ का २ जना गरी पर्वतमा ४ जना नयाँ संक्रमित पुष्टि भएका छन्।

म्याग्दीको मंगला गाउँपालकाको क्वारेनटाइनमा रहेका वर्ष १९ का १ जना र स्याङ्जाको कालिगण्डकी गाउँपालिकाको क्वारेनटाइनमा रहेका १८ वर्षिय १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तीमा उक्त जानकारी दिइएको हो।

म्याग्दीको मंगला गाउँपालिकाका वर्ष १९ का एकजना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।