१३ बैशाख २०८१, बिहीबार

मन्त्रिपरिषद् बैठक बस्दै, ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परिवर्तनबारे आज निर्णय हुनसक्ने

ministry meeting corona
फाइल फोटो

लकडाउनका कारण जनजीवन कष्टकर हुँदै गएपछि सरकारले यसको मोडालिटी परिवर्तन गर्ने भएको छ।

त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज(विहीबार) मन्त्रिपरिषद् बैठक बस्दै छ जसमा सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।

यसै विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा विषय विज्ञहरुसँग ४ घण्टा लामो छलफल गरेका थिए। विज्ञको सुझाबअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएको छ।

यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ सम्म लकडाउन बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो। सो समितिले आफ्नो रिपोर्ट प्रधानमन्त्रीलाई बुझाएको छ।

जनजीवन कष्टकर हुँदै गएको र व्यवसायिहरुले पनि देशका विभिन्न ठाँउहरुमा लकडाउनको अवज्ञा गर्ने कदम उठाएपछी सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।

यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ सम्म लकडाउन बढाएको थियो भने व्यवसायिहरुले जेठ २१ देखी लकडाउन अवज्ञा को घोषणा गरेका छन ।

सर्वसाधारण र व्यवसायीले लकडाउन अति लामो भएको भन्दै यसको प्रतिकार गर्न थालेपछि सरकार लकडाउन खुकुलो बनाउँदै यसको मोडालिटी परिवर्तन गर्ने तयारीमा जुटेको हो ।