७ बैशाख २०८१, शुक्रबार

संक्रमित संख्या २३००, २४ घण्टामा २०१ थपिए, कुल निधन ९

corona nepal

नियमित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जनाए अनुसार पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार १७९ पुरुष र २२ महिला गरी जम्मा २०१ नयाँ संक्रमित भेटिएका छन ।

यो सँगै नयाँ संक्रमित संख्या २३०० पुगेको छ । आजसम्म २१३० पुरुष संक्रमित रहेका छन भने महिलाको संख्या १७० रहेको छ ।

त्यसैगरी बुधबारसम्म कोरोना जित्नेको संख्या २७८ पुगेको छ ।

त्यसै गरी जेष्ठ १३ गते काठमाण्डौं मेडिकल कलेज्, सिनामंगल मा अपरेसन गरिएका व्यक्तिको आज टिचिङ हस्पिटलमा निधन भएको छ । उनि टिचिङ हस्पिटलको आईसियु मा उपचाररत थिए । उनको अपरेसन पछी गरिएको स्वाब परिक्षणमा कोरोना पोजिटिव देखिएको थियो ।

यो संगै कोरोना बाट निधन हुनेको संख्या ९ पुगेको छ ।