२३ बैशाख २०८१, आईतवार

पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् मंसिर १५ देखि २४ गतेसम्मको साप्ताहिक राशिफल

pathivara

मेष– यो सातमा सामाजिक कामको दायित्व बढ्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । साताको अन्त्यमा अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृष– यो साता सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । सामान हराउने योग पनि छ । साताको उत्तरार्धबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग आकाशे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

मिथुन– यो साता भौतिक सुखमा बढोत्तरी हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना पनि गर्नुपर्ला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कुबेरजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट–यो हप्ता मिश्रित फल मिल्नेछ । राजनीतिक कार्यमा विशेष सफलता मिल्नेछ । सुखसुविधा भोग गर्न पाइनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

सिंह–यो साता लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धार्मिक कार्य सफल रहनेछन् । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि होला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।

कन्या–यो साताको सुरुका दिनमा घर व्यवहारमा झमेला आउनसक्छ । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । साताको मध्यमा भने आकस्मिक यात्राको हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवाजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला–यो साता प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । पुराना साथीभाइसित भेटघाट हुनेछ । मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सिन्दुरे वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य गर्दा राम्रो हुनेछ ।

वृश्चिक–यो साता आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । सुखसुविधा भोग गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व कुबेरजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु–यो साता नयाँ कमको थालनी पनि हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । पुनर्मिलनको योग रहेको छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । वैदेशिक कार्य राम्रो हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

मकर–यो साता सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, अतः सचेत रहनुहोला । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । सोमबारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रस्ताव पनि आउन सक्छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा खरानी हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।

कुम्भ–यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

मिन–यो साता शुभकार्यको चर्चा चल्नेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नोकरी र व्यायसायिक जीवनमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग पनि देखिन्छ । दानपुण्यका कार्यमा सहभागी पनि भइनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सुन्तला रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

    सम्बन्धित समाचार...