५ जेष्ठ २०८१, शनिबार

बँदेलको आक्रमणमा परी एक युवकको निधन

जङ्गली बँदेल

अछाममा बँदेलको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका-६ शोषशाका ४० वर्षीय केशर बोहराको निधन भएको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको थियो । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काका अनुसार बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको हो ।

मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत थिए ।

    सम्बन्धित समाचार...