१३ बैशाख २०८१, बिहीबार

प्रभु यादवको हत्या अभियोगमा दुई जना पक्राउ

newskarkahna news414230

धनुषाको मिथिला विहारी नगरपालिका ४ बाट हत्या अभियोगमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले मिथिला बिहारी ४ का ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादवलाई पक्राउ गरेको जनाएको छ ।

सोही नगरपालिका ४ रमौलस्थित जग्गाको विषयमा हिजो वादविवाद हुँदा उनीहरूले ५३ वर्षका प्रभु यादवलाई कुटपिट गरी घाइते बनाएका थिए । उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजाने क्रममा निधन भएको थियो । त्यसक्रममा अन्य तीन जना पनि घाइते भएको प्रहरीले जनाएको छ । 

उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 

    सम्बन्धित समाचार...