१३ बैशाख २०८१, बिहीबार

आफ्नै घरको छतबाट खसेर भक्तपुरमा युवकको निधन

Death in fall

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ मिलरोडमा आफ्नै घरको छतबाट खसेर एकजनाको युवकको ज्यान गएको छ । मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर उनका १७ वर्षीय छाेरा भुमिनलाल श्रेष्ठको निधन भएको हो । 

घरबाट खसेर छिमेकीको घर कम्पाउन्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए । घाइतेपछि उपचारका लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकृत राजु पाण्डेले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटी प्रारम्भिकम अनुसन्धान गरिएकाले घटनाबारे थप जानकारी लिने काम भइरहेको बताए । 

    सम्बन्धित समाचार...