४ बैशाख २०८१, मंगलवार

एक्स्काभेटरसहित कर्णालीमा फसेका ३ जनाको ५ घण्टापछि उद्धार

a 1

एक्स्काभेटरसहित कर्णालीमा फसेका ३ जनाको ५ घण्टापछि उद्धार गरिएको छ ।

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौरस्थित राँगेभीर नजिकबाट मुगु जानका लागि एक्स्काभेटर तार्ने सिलसिलामा नदी बीचमा एक्स्काभेटर चालक सहित ३ जना फसेका थिए ।

बिहीबार दिउँसो ३ बजेदेखि फसेका उनीहरूको ५ घण्टापछि मात्र उद्धार गर्न सकिएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । भण्डारीका अनुसार र्‍याफ्टीङको प्रयोग गरि स्थानीयकै प्रयासमा उनीहरूको उद्धार गरिएको हो ।

फसेका तीनै जनाले लामो समयसम्म ‘बचाऊ ! बचाऊ !’ भनी कराउने र हातले इसारा गर्ने गरिरहेका थिए ।

    सम्बन्धित समाचार...