१७ माघ २०७९, मंगलवार

वैवाहिक जीवनमा बाँधिए गायक सुनिल गिरी

sunil giri

गायक सुनिल गिरीले उदयपुरकी अञ्जु आचार्यसँग लगनगाँठो कसेका छन् । को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझजस्ता हिट लोकपप गीतका गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 

हालै ५ महिना जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आफूले विवाह गरेको फ्यानलाई जानकारी दिएका हुन् ।

गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड म्युजिक भिडियोमा उनीहरू स्वयंले अभिनयसमेत गरेका छन् । 

नेपाल र जर्मनीमा छायांकन गरिएको गीतको कम्पोज गायक गिरीले नै गरेका हुन् । जसको सम्पादन र कलरिङ विवेक विकले गरेका हुन् ।

s

    सम्बन्धित समाचार...