१५ चैत्र २०८०, बिहीबार

मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन: गगन थापा

Gagan Thapa
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न नसक्ने बताएका छन् । 

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  महामन्त्री थापाले भने, ‘मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन । अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रसँग समेत सहकार्य गर्न सक्नुपर्छ ।’ 

उक्त कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, पूर्वअर्थमन्त्री विष्णु पौडेल लगायतको उपस्थिति थियो ।