७ बैशाख २०८१, शुक्रबार

उत्तरपश्चिम पाकिस्तानको ओराकजाईमा कोइला खानीमा पुरिएर कम्तीमा ९ मजदुरको निधन

1241751495

उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा ९ कामदारको निधन भएको सरकारी अधिकारीले बताएका छन् ।

दुर्घटनाको समयमा खानीमा १३ जना कामदार थिए । नौ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताए ।

खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ । घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार...