१५ चैत्र २०८०, बिहीबार

गगनको देउवालक्षित टिप्पणी-अब गाडी तपाईँले होईन, हामीले हाँक्ने हो

gagan 2
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं–४ बाट प्रतिनिधिसभामा निर्वाचित गगनकुमार थापाले अब पनि पूरानो नेतृत्वबाट देश चल्न नसक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित उर्वरा राष्ट्रिय सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अब पूरानो नेतृत्वबाट देशले केही पनि पाउँदैन् । मैले कुनै नेताको अनादार गरेको होईन । त्यहाँसम्म चाहीँ असन्तुष्ट हुनैपर्छ ।’ उनले नेपालका सबै दलका पूराना नेतृत्वले देशलाई सही गन्तव्यमा पुर्याउन नसक्ने दाबी गरेका छन् ।

उनले अब कांग्रेसमा आफूहरुले नेतृत्व गर्ने भन्दै त्यसको लागि आफूले तयारी गरेको पनि सुनाए । उनले भने,‘अब गाडी हाँक्ने पालो हाम्रो । यो सन्तुलनको खोजी हो । मैले दलभित्र गरेको संघर्ष पनि यही हो ।’