१५ चैत्र २०८०, बिहीबार

सन् १९४९ को युद्धकथामा ‘गोर्खा वारियर’

Gurkha Warior Nepali Film Milan Chams

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म ‘गोर्खा वारियर’को फस्टलुक्स सार्वजनिक गरिएको छ । नेपालीसहित हिन्दी र अँग्रेजी भाषामा निर्माण गरिएको फिल्ममा सन १९४९ मा ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई प्रस्तुत गरिएको छ ।

फिल्ममा नेपाली वीरता खुकुरीलाई विशेष स्थान दिइएको छ । फिल्मका मुख्य पात्र रितेश चाम्ससहित विजय लामा र अन्य कलाकार ब्रिटिस गोर्खा सैनिककै भेषमा सार्वजनिक पोस्टरहरूमा प्रस्तुत छन् ।

‘वार’ जनरामा निर्माण गरिएको फिल्ममा रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतकाकलाकारको समेत अभिनय रहेको छ ।

निर्देशक चाम्सले यसपटक गोर्खाली सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ युद्धमा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई पर्दामा ल्याउदैछन् ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रुपमा सुरेश राई छन् ।

नेपाल र मलेशियामा छायाँकन भएको ‘गोर्खा वारियर’मा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।

gorkha warrior psoter

    सम्बन्धित समाचार...