१५ चैत्र २०८०, बिहीबार

अभिनेत्री सामन्था रुथ प्रभु उपचारका लागि दक्षिण कोरिया जाँदै

samantha

साउथ अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला मायोसिटिस नामको गम्भीर रोगबाट पीडित छिन् । उनी यो रोगको उपचारका लागि दक्षिण कोरिया जाने भएकी छन् ।

गत अक्टोबरमा सामन्थाले आफ्नो रोगको बारेमा जानकारी दिँदै केही समयदेखि रोगको उपचार गरिरहेको खुलासा गरेकी थिइन् । उनले उपचार जारी भए पनि रिकभरीको स्टार निकै कम रहेको बताएकी थिइन् । उनी उपचारमा आयुर्वेद पद्धति अपनाइरहेकी छिन् ।

सामन्था निकटका अनुसार उनी एडभान्स उपचारका लागि केही समय बिताउने गरी दक्षिण कोरिया जान लागेकी हुन् । उनी त्यहाँ केही महिना बस्नेछिन् ।

मायोसिटिस एक अटो इम्युन रोग हो । यो रोगले बिरामी निकै कमजोर महसुस गर्छन् । बिरामीको मांशपेसीमा तीव्र लगातार दुखाई बढ्छ । यस्ता रोगका बिरामीलाई बस्न, सिँढी चढ्न, वजन उठाउन समस्या पर्दछ । केही काम नगरीकन पनि बिरामीले थकानको अनुभव गर्छन् । कैयौंपटक यो रोगका कारण बिरामीह डिप्रेसनको सिकार पनि बन्छन् ।

सामन्था पछिल्लोपटक फिल्म ‘यशोदा’मा देखिएकी थिइन् । उनको पाइपलाइनमा ‘शाकुन्तलम’, ‘कुशी’ र ‘गढ’ फिल्म छन् ।