८ बैशाख २०८१, शनिबार

कैलाली, स्याङ्जा र उदयपुरबाट लागुऔषधसहित तीनजना पक्राउ

arest

उदयपुर, कैलाली र स्याङ्जाबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । 

उदयपुरको कटारी नगरपालिका–६ साँगुरीबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित ताप्ली गाउँपालिका–२ धपने बस्ने २७ वर्षीय सरोज राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

राईले ताप्लीबाट मिर्चैयातर्फ तीनवटा बोरामा उक्त परिमाणको गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । 

उता कैलालीको लम्कीचुहा नगरपालिका–८ गोप्का बस्ने ४० वर्षीय गोपी उखेडालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

स्याङजाको गल्याङ नगरपालिका–१ राम्दी चेकपोष्टबाट अवैध लागूऔषध गाँजा करिब ७५० ग्रामसहित पाल्पा तानसेन नगरपालिका–१२ बस्ने २४ वर्षीय बलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.२ ख ८४२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार विकलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

    सम्बन्धित समाचार...