१५ चैत्र २०८०, बिहीबार

उदयपुर १ बाट परराष्ट्रमन्त्री डा. खड्का विजयी

Dr.Nararayan Khadka

उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका बाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ । 

आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले) का मञ्जुकुमारी चौधरीलाई दुई हजार ३७९ मतान्तरले पराजित गर्दै परराष्ट्रमन्त्री डा. खड्का विजयी हुनुभएको छ । 

चौथो पटक प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका डा. खड्काले ३१ हजार २७० मत प्राप्त गर्नुभएको छ भने उहाँकी प्रतिद्वन्द्वी एमालेका चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नु भएको छ । 

गत २०७४ सालको निर्वाचनमा पनि सो क्षेत्रमा उहाँहरुबीच नै प्रतिस्पर्धा भएको थियो । 

सो प्रतिस्पर्धामा कांग्रेसका डा. खड्का ३३ हजार १४२ मत ल्याएर विजय बन्नुभएको थियो भने चौधरीले ३२ हजार ५९४ मत प्राप्त गर्नुभएको थियो ।  

यस पटकको निर्वाचनमा उदयपुर क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १६ जना उम्मेदबार प्रतिस्पर्धामा थिए ।

    सम्बन्धित समाचार...