१३ बैशाख २०८१, बिहीबार

जनमतबाट अस्वीकृत यी मन्त्री जसले नैतिकता देखाएनन्

mantri

प्रतिनिधि सभा निर्वाचनमा जनमतबाट अस्वीकृत मन्त्री ‘नैतिकताका आधारमा राजीनामा दिनु’ को साटो अझै पदमा बसिरहेका छन् ।

सरकारको दिनगन्ती सुरू भइसकेका मन्त्रीहरू आफूअनुकूल काम गराउनकै लागि ‘पद छाड्न’ अस्वीकार गरिरहेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारसँग प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि सरकारमै छन् । नयाँ सरकार बन्नुअघि अहिले उनी आफूअनुकूल निर्णय गरेर ‘पैसा बाँड्ने योजनामा लागि परेको’ मन्त्रालय स्रोतको दाबी छ ।

स्रोतका अनुसार उनी सचिवस्तरीय निर्णय गरेर राजनीतिक दलका नाममा खोलिएका प्रतिष्ठान र संघसंस्थामा पैसा वितरण तयारी गरिरहेका छन् । मन्त्री श्रेष्ठले कर्मचारीलाई पैसा बाँड्ने मापदण्ड छिटो तयार पारेर प्रक्रिया थाल्न दबाब दिएको स्रोत बताउँछ । यसरी बनाइएको मापदण्डअनुसार ५ लाखदेखि १ करोड २५ लाखसम्म उपलब्ध गराउन लागिएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित समाचार...