१५ चैत्र २०८०, बिहीबार

४० वर्षपछि संसारकै सबैभन्दा ठूलो ज्वालामुखी पहिलो पटक विस्फोट

its redirect to divert lava

संसारको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी हवाईको मौना लो करिब ४० वर्षमा पहिलो पटक विस्फोट भएको छ । विस्फोटको संकेत पाएपछि आपतकालीन दलहरू सोमबार बिहानै अलर्टमा रहेका अमेरिकी अधिकारीहरूले बताए ।

 विष्फोटले नजिकैका बासिन्दाहरूलाई खतरा हुन सक्ने अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)ले अलर्ट गरेको थियो । हवाई ज्वालामुखी राष्ट्रिय निकुञ्ज भित्र विस्फोट भएको लगभग १५ मिनेटपछि मौना लो विस्फोट भएको थियो ।

‘अहिले लाभाको प्रवाह चुचुरोको क्षेत्रभित्र सीमित छ र यसले तल बस्ने समुदायलाई जोखिम पु¥याएको छैन’ युएसजीएसले एउटा वेबसाइटमा भनेको छ । वरपरका वासिन्दाले तयारी पक्रियाबारे समिक्षा गर्नुपर्ने पनि सो संस्थाले जनाएको छ ।

    सम्बन्धित समाचार...