७ बैशाख २०८१, शुक्रबार

अवैध संरचना हटाउने क्रममा सुकुम्वासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगर प्रहरी आइसियुमा

Balen in Norvic

सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीन जना प्रहरीको आइसियुमा राखेर उपचार भइरहेको छ ।

स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ । 

सोमबार साँझ एक विज्ञप्तिमार्फत महानगरले उक्त आक्रमणमा संलग्नहरूलाई कानून बमोजिम कारबाही गर्न प्रहरीमा उजुरी समेत गरेको जनाएको छ । उक्त आक्रमणमा संलग्न व्यक्तिहरूको नाम समेत खुलाई महानगरीय प्रहरी वृत्त टेकुमा जाहेरी दिएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।

महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन

महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् । 

सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् । 

पाण्डे लगायत तीनदर्जन नगरप्रहरी थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।

थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा बस्तीका मानिसहरुको आक्रमणमा परी काठमाडौँ महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएको काठमाडौं महानगरले जनाएको छ । घाइतेको उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य के.सी. का अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

तीमध्ये केहीको आईसीयूमा राखेर उपचार भइरहेको जनाइएको छ । आजको घटनाका बारेमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भने, ‘गृह प्रशासनसँग समन्वय गरेर सचेत गराउने क्रममा थियौँ । त्यही क्रममा बस्तीमा पुग्न नपाइकन स्थानीयबाट घरेलु हतियारसहित ढुङ्गा हानेर आक्रमण भयो । यसबाट नगर प्रहरीहरु घाइते भएका छन् ।’

स्थानीयले ढुङ्गा प्रहारसँगै टायर बालेर प्रदर्शन गरेका थिए । 

    सम्बन्धित समाचार...