६ बैशाख २०८१, बिहीबार

पहिलो दल हुन सफल लुम्बिनी प्रदेशमा एमाले, जनमत र नागरिक उन्मुक्तिको पनि प्रतिनिधित्व

lumbini

लुम्बिनी प्रदेशका ५२ सिटमध्ये १८ सिटमा विजय हासिल गर्दै एमाले १८ सिटसहित पहिलो दल हुन सफल भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा छ ।

प्रदेश सभामा आठवटा राजनीतिक दलले प्रतिनिधित्व गर्ने सुनिश्चित भएको अवस्थामा पाँच सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा सीमित भएको छ । 

यसैगरी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले दुई-दुई सिटमा बिजयी हासिल गर्दा चन्द्रप्रकाश राउत (सिके) राउत नेतृत्वको जनमत पार्टीले पनि एक सिटमा विजय हासिल गरेको छ । नागरिक उन्मुक्ति र जनमत पहिलोपटक प्रदेश सभामा विजयी भएका हुन ।