१३ बैशाख २०८१, बिहीबार

पूर्व च्याम्पियन स्पेन र जर्मनीले अंक बाढे

w

कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार दोस्रो हारबाट जोगिएको हो । आइतबार राति अल बायत मैदानमा १–० हार नजिक रहेको जर्मनीलाई निकलासले संकट टारेका हुन् । 

पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो । ६२औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकर अल्भारो मोराटाले गोल गरेपछि जर्मनीको दवाव अझै बढेको थियो ।

८३औं मिनेटमा स्पेनिस रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सब्स्टिच्युड निक्लास फुलक्रगले गोल गरे । उनलाई जमाल मुसियालाले असिस्ट गरेका थिए ।

यो बराबरीपछि जर्मनीले समूहमा अंकको खाता खोलेको छ । समूह इ बाट जर्मनीले अन्तिम १६ को सम्भावना कायम राखेको छ । यस समूहमा जर्मनीको दुई खेलबाट सर्वाधिक ४ अंक छ । जापान र कोस्टारिकाको तीन अंक रहँदा जर्मनीले एक अंक जोडेको हो । समूहमा चारै टोलीको प्रिक्वाटरफाइनल सम्भावना कायम छ । 

यसअघि पहिलो हाफमा कुनै गोल हुन सकेन । खेलको ६२औ मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोरटाले स्पेनलाई अग्रता दिलाएका थिए । अब, अन्तिम खेलमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिका खेल्नेछन् ।