१३ बैशाख २०८१, बिहीबार

एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

a 5

क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली क्यानाडा समूह चरणको एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ ।

आइतबार राति क्रोएसियाको जितमा आन्द्रेज क्रामारिचले दुई गोल गरे । यसैगरी इभान पेरिसिच र जोसिप जुरानोभिचले एक एक गोल गरेका थिए । अल खालिफा रंगशालामा अल्फोन्सो डेभिसले क्यानाडाको लागि अग्रता दिलाएका थिए । 

खेलको दोस्रो मिनेटमै क्यानडाका अल्पोन्सो डेभिसको गोलबाट क्रोएसिया पछि परेको थियो । विश्वकपका क्यानडा लागि पहिलो गोल गर्दे कीर्तिमान बनाएका अल्फोन्सो डेभिसले जारी विश्वकपमा सबैभन्दा छिटो गोल गरे । उनले ताजोन बुचानानको पासमा खेल सुरु भएको ६८ सेकेण्डमै हेडमार्फत गोल गरेका थिए । तर, क्रामारिकले इभान पेरिसिचको पासमा ३६ औं मिनेटमा बराबरी गोल फर्काए ।

५५औं मिनेटमा मार्कोलिभाजाले जुरानोभितको पासमा गोल गर्दै क्रोएसियालाई पहिलो हाफमै २-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा क्रोएसियाले थप दुई गोल गर्‍यो । क्रामारिचले ७०औं मिनेटमा पेरिसिचकै पासमा व्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी टाइममा लोभरो मेजरले माटेओ कोभासिसको पासमा गोल गर्द क्रोएसियालाई ४-१ को जित दिलाए । विश्वकपमा डेब्यू गोल गरेको क्यानडा त्यही खेलपछि नै विश्वकपबाट बाहिरियो ।

समूह ‘एफ’को खेलमा मोरक्कोले फिफा विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई २–० ले हराएको थियो । समूह ‘ई’को खेलमा स्पेनसँग सात गोल खाएको कोस्टारिकाले जर्मनीलाई पराजित गरेको जापानमाथि १–० को जित हासिल गर्याे । 

समूह ‘एफ’मा क्रोएसिया र मोरक्को समान चार अंकका साथ नकआउट चरण प्रवेशको प्रतिस्पर्धामा अगाडि छन । बेल्जियम तीन अंकका साथ तेस्रो स्थानमा रहँदा क्यानाडाले अंकको खाता खोल्न सकेको छैन । समूहको अन्तिम खेलमा क्यानाडाले मोरक्को तथा क्रोएसियाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछन् ।