७ बैशाख २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै महेश बस्नेत विजयी

Mahesh basnet

एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । 

इलाम १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवार महेश बस्नेतसँग पराजित भएका हुन् । 

खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका बस्नेतले २५ हजार ६९९ मत ल्याएका छन् । खनालले २ हजार ३४५ मत पाएका छन् । 

तर, खनालले मतगणना प्रक्रियामा धाँधलीको आरोप लगाउँदै आफ्नो विरोधलाई यथावत राखेका छन् ।