१६ चैत्र २०८०, शुक्रबार

सिन्धुली १ को (२) बाट कांग्रेसका पहाडी विजयी

RamKumarPahadi

सिन्धुली १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका हुन् । पहाडी १५ हजार ६२१ मतका साथ निर्वाचन भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाएका छन् । राप्रपाका राजेश मगरले ४८० मत पाएका छन् ।

२०४९ सालमा भएको स्थानीय निर्वाचनमा खाङसाङ गाविसबाट वडाध्यक्षमा निर्वाचित पहाडी इलाका नम्बर १ को सदस्यमा गोलाप्रथा हुँदा एमालेका खड्ग वसुसँग पराजित भएका थिए । ३० वर्षपछि प्रदेशतर्फ पहाडी चुनिएका हुन् ।

    सम्बन्धित समाचार...