१२ बैशाख २०८१, बुधबार

उदयपुर प्रदेश सभा १ (ख) मा हिमाल कार्की बिजयी

himal karki 1

उदयपुरको क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा सत्ता गठबन्धनका नेपाली काँग्रेसका सभापति तथा प्रदेश सरकारका शहरी पुर्वाधारमन्त्री हिमाल कार्की दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । पहिलो हुने निर्बाचनमा शुक्रवार साँझ सम्पन्न मतगणनाले २ सय १५ मतको अन्तरले कार्की बिजयी भएका हुन् । 

सत्ता गठबन्धनका कार्कीले निकटतम् प्रतिष्पर्धि नेकपा एमालेका पुर्व अध्यक्ष ईश्वरमणी राउतलाई २ सय १५ मतान्तरले पराजित गरेको हो । बिजयी कार्कीले १४ हजार ९ सय ७९ मत पाउँदा राउतले १४ हजार ७ सय ६४ मत पाएको थियो । त्यसैगरी २ हजार ९ सय १० मत ल्याई राप्रपाका ज्ञानबहादुर राईले तेश्रो स्थान हासिल गर्न सफल भएको छ ।

यस प्रदेश सभामा ३७ हजार २ सय ६७ मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस प्रदेससभामा १२ जनाले प्रतिष्पर्धा गरेका थिए । यस प्रदेशस भामा १ हजार ४ सय ५३ मत बदरहुँदा ३७ हजार २ सय ६७ मत खसेको थियो ।  

 जसमा १ हजार ४ सय ५३ मत बदर भएको मुख्या निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्की २०७४ मा पनि निर्वाचित भएको थियो । कार्कीले त्यति बेला बामगठबन्धनबाट उमेद्वार बनेका माओवादी केन्द्रका रामबहादुर थापा मगरलाई पराजित गरेका थिए ।

त्यतिबेला मगरलाई कार्कीले १ हजार ५ सय ९८ मतान्तरले पराजित गरेको थियो । सत्तागठबन्धनबाट उम्मेवार बनेका कार्की प्रदेश १ सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुन् । कार्की काँग्रेसका उदयपुर जिल्ला सभापति समेत हुन् ।

    सम्बन्धित समाचार...