१६ चैत्र २०८०, शुक्रबार

दैलेख: क्वारेन्टिनबाटै भागे भारतबाट आएका

narayan secondary school

दैलेख, नारायण नगरपालिकाले १०५ जना क्षमताको नारायण क्याम्पस क्वारेन्टिनमा राखेका केहि नागरिकहरु सोमबार भागेका छन् । उक्त क्याम्पसमा भारतबाट आएका २१९ जनालाई राखिएको थियो ।

सो क्वारेन्टिनमा दुई दिनअघि संक्रमण पुष्टि भएका १७ संक्रमित पनि रहेका थिए । सोमबारनै अन्यमा पनि कोरोना पुष्टि भएपछी संक्रमित संख्या ३४ पुगेको थियो ।

नारायण नगरपालिकामा मात्रै १४ सय बढी नागरिक मजदुरीको लागि भारत गएर फर्किएका रहेका छन।

प्रहरीका अनुसार भाग्न खोजेकालाई पुन: क्वारेन्टिनमै राखिएको जनाएको छ ।