१३ बैशाख २०८१, बिहीबार

२२६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १७९८ पुग्यो

corona nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दैनिक पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार पछिल्लो २४ घन्टामा नेपालमा २२६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । थपिएकामा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

संक्रमित थपिए संगै संक्रमित हुनेको संख्या १७९८ पुगेको छ। यो वृद्धि अहिलेसम्मकै बढी हो।

त्यसैगरी संक्रमित मध्य २२१ जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ।