६ बैशाख २०८१, बिहीबार

सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ-१ बाट निर्वाचित

Metmani Chaudari

दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार उनले २६ हजार ५६३ मत पाए भने प्रतिद्धन्दी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गरे । चौधरीले २१ हजार ४७९ मत पाइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीका गंगा चौधरी सत्गौवाले एक हजार ९२ मत पाइन् ।

    सम्बन्धित समाचार...