१२ बैशाख २०८१, बुधबार

मन्त्री चौधरीले मतगणना केन्द्रमा सशस्त्रका प्रहरी नायव उपरीक्षक परिवर्तन गराए !

newskarkahna news408430

बाराको क्षेत्र नम्बर १ मा निर्वाचन हुनुभन्दा अगाडीदेखि खटिएका सशस्त्रका नायव प्रहरी नायव उपरीक्षक जगन्नाथ खड्का परिवर्तन भएका छन् । 

खड्कालाई परिवर्तन गरी यस क्षेत्रमा हाल सशस्त्रका नायव प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीलाई ल्याइएको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले उनलाई परिवर्तन गराएको बताइएको छ ।

मन्त्री चोधरीका प्रतिनिधिले मंगलबार दिउँसो मतगणना बिथोल्न तथा तारबार भत्काउने प्रयास गर्दा प्रहरीले रोकेको थियो । त्यसपछि करिव ९ घण्टा मतगणना समेत रोकिएको थियो ।

न्युज कारखाना

    सम्बन्धित समाचार...