१३ बैशाख २०८१, बिहीबार

अपडेट: बाँके दुर्घटनामा घाइते भएका २१ जना दाङ, सल्यान र रोल्पाका (ठेगानासहित)

accident banke

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २० जना घाइते भएका छन् ।

दुर्घटनाका २१ जना सबैको नाम ठेगाना खुलेको छ। ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार घाइतेमध्ये दाङका ५, सल्यानका १० र रोल्पाका ६ जना छन्।

चार जना सामान्य घाइते

१) दाङको धर्ना निवासी ४५ वर्षीय मेघजंग केसी

२) रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का १७ वर्षीय सुनिल परियार

३) सोही ठाउँका २० वर्षीय विरेन्द्र परियार

४) सोही ठाउँका १८ वर्षीय पुरन परियार

१७ जना गम्भीर घाइते

५) दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का ३९ वर्षीय विष्णु गिरी

६) सल्यानको शारदा नगरपालिका वडा नं. ६ का ३६ वर्षीया टीका चलाउने

७) दाङको राजपुर गाउँपालिका वडा नं. ६ का २० वर्षीय विक्रम चौधरी

८) दाङको तुलसीपुर २ का २३ वर्षीय रुपलाल बिक

९) रोल्पा कुरेलीका ५२ वर्षीय नरबहादुर बिक

१०) दाङको राजपुर २ का २१ वर्षीय जीवन घर्ती

११) रोल्पा जिल्लाको टुटु निवासी ४० वर्षीय दिलबहादुर बिक

१२) सल्यानको कुपिन्डेदह वडा नं. ६ का २० वर्षीय मिनराज बिक

१३) सल्यानको शिद्धकुमाख निवासी ४० वर्षीय तेजबहादुर बुढाथोकी

१४) सल्यानको छापाडाँडा ५ का १८ वर्षीय धनबहादुर बोहोरा

१५) सल्यान शिद्धकुमार ४ का १८ वर्षीय लोकेश घर्ती

१६) सल्यान कुपिन्डेदह ६ का ५२ वर्षीय दिपबहादुर बुढा

१७) दाङका गढवा गाउँपालिका वडा नं. ६ का २० वर्षीय भरत थापा

१८) सल्यानको शिद्धकुमाख निवासी २६ वर्षीय शिव भण्डारी

१९) सोही ठाउँका १८ वर्षीय देवेन्द्र खड्का

२०) सोही ठाउँका १७ वर्षीय ज्ञानबहादुर बोहोरा

२१) सोही ठाउँका २६ वर्षीय मिनबहादुर वली रहेका छन्।

ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मृतक १२ जनाको भने अझैं सनाखत हुन सकेको छैन।

तीव्र गतिका कारण उक्त दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख बीरबहादुर वलीले जानकारी दिएका छन्।