११ बैशाख २०८१, मंगलवार

हारको बदला लिदै गोरखा–१ बाट राजेन्द्र बजगाईं निर्वाचित

Rajendra Bajgain

गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बजगाईंले एमालेका रामशरण बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका हुन्। बुधबार राति सकिएको मतगणना अनुसार बजगाई ३३ हजार ४२८ मतसहित निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका छन् ।

२०७४ सालमा बजगाईं र बस्नेत गोरखा–१ को प्रदेशसभा २ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला बस्नेतले बजगाईंलाई पराजित गरेका थिए । ५ वर्षपति प्रतिनिधिसभामा यी दुबै उम्मेदवार प्रतिस्पर्धा गर्दा बजगाईंले हारको बदला लिएका छन् ।