१५ चैत्र २०८०, बिहीबार

चौथौ पटक अर्घाखाँचीबाट टोपबहादुर रायमाझी विजयी

top bahadur rayamajhi

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् ।

अर्घाखाँचीबाट २०६४, २०७० मा संविधान सभा सदस्य भएका रायमाझी २०७४ मा माओवादी केन्द्रबाट विजयी भएका रायमाझीले चौथौ पटक जित हासिल गरेका हुन् ।