७ बैशाख २०८१, शुक्रबार

अमेरिकामा कर्फ्यु उल्लङ्घन्, कुन कुन राज्य मा कर्फ्यु ?

white house protest

पुलिसको क्रुरता विरुद्ध छैठौ रात पनि हजारौंले रातसम्म प्रदर्शन गरेका छन । प्रदर्शनकारीहरू कर्फ्यू र राष्ट्रिय गार्डको बेवास्ता गर्दै सडकमा आएका छन । अमेरिकाको मिनियापोलिस शहरमा एक अश्वेत नागरिकको पुलिस हिरासतमा निधन भएपछी भड्किएको प्रदर्शन एक राज्यबाट देशैभरी जसो फैलिएको छ ।

मिनेसोपलिस, मिनेसोटामा प्रदर्शनकारीहरू फ्लोडको मृत्युमा संलग्न सबै अफिसरहरूलाई हिरासतमा राखेर कारवाही गर्न माग गरेका छन ।

कर्फ्यु उल्लङ्घन पछी धेरै शहरहरुमा पुलिसले भिद नियन्त्रण गर्न अश्रु ग्यास प्रयोग गरेको छ ।

एसोसिएटेड प्रेस समाचार एजेन्सीले जनाए अनुसार्, लगभग १,७०० नेश्नल गार्डहरुलाई ह्वाइट हाउस बाहिर र देशको राजधानीमा अन्यत्र भएको विरोध प्रदर्शनमा सहयोग गर्न बोलाइएको छ ।

वाशिंगटन:

प्रहरीसँगको तनाव बढ्दै जाँदा प्रदर्शनकारीहरूले व्हाइट हाउस आसपासमा आगजनी शुरु गरेका थिए । १,००० भन्दा बढीको भिड्लाई तितर वितर पार्न पुलिसले भीडमा अश्रु ग्यास र स्टन ग्रेनेडको प्रयोग गरेकाअ थिए ।

आन्दोलनकारीहरूले सडक चिन्हहरु र प्लास्टिकका अवरोधहरू जम्मा गरेर सडकको बीचमा आगो बालेका थिए । केहीले नजिकैको भवनबाट अमेरिकी झण्डा तानेर आगोमा फ्याँके भने केहिले आगो दन्काउन रुखका हाँगा भाँचेर ल्याएका थिए ।

ह्वाइट हाउस बाहिरको प्रदर्शनले उग्र रुप लिँदै गरेपछी राष्ट्रपती डोनाल्ड ट्रम्पलाई एउटा विशेष सुरक्षित बन्करमा लागिएको थियो।

कर्फ्यू लगाइएका राज्य र शहरहरु:

  • एरिजोना: एक सप्ताह राज्यव्यापी कर्फ्यू
  • क्यालिफोर्निया: लस एन्जलस काउन्टी, सान फ्रान्सिस्को, बेभरली हिल्स, सान्ता मोनिका, वेस्ट हलिउड, सान जोसे
  • कोलोराडो: डेन्वर
  • कोलम्बिया
  • फ्लोरिडा: मियामी, ओरेन्ज काउन्टी, ज्याक्सनभिल, ओर्लान्डो
  • जर्जिया: एट्लान्टा इलिनोइस: शिकागो
  • इंडियाना: इंडियानापोलिस
  • केन्टकी: लुइसभिल
  • मिशिगन: डेट्रोइट
  • मिनेसोटा: मिनियापोलिस, सेन्ट पल
  • मिसौरी: कन्सास शहर
  • न्यू जर्सी: एट्लान्टिक शहर
  • न्यू योर्क: रोचेस्टर
  • ओहायो: सिन्सिनाटी, क्लीभल्याण्ड, कोलम्बस, डेटन, टोलेडो
  • ओरेगन: पोर्टलैंड, यूजीन
  • पेन्सिलभेनिया: फिलाडेल्फिया, पिट्सबर्ग दक्षिण
  • क्यारोलिना: चार्ल्सटन, कोलम्बिया, मर्टल बीच
  • टेनेसी: नेभभिल
  • टेक्सास: डलास, स्यान एन्टोनियो
  • यूटा: साल्ट ताल शहर
  • भर्जिनिया: रिचमंड
  • वाशिंगटन: सिएटल
  • विस्कॉन्सिन: मिलवाकी, म्याडिसन