१५ चैत्र २०८०, बिहीबार

ऋषभ शेट्टीको फिल्म ‘कन्तरा’ले तोड्यो ‘केजीएफ २’ को रेकर्ड

kantara kgf

कन्नड स्टार ऋषभ शेट्टीको फिल्म ‘कन्तरा’ले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ । यो फिल्मले रिलिजको दुई महिनापछि पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

फिल्म सेप्टेम्बर ३० मा कन्नड भाषामा रिलिज भएको थियो । फिल्मले प्राप्त गरेको प्रतिक्रिया हेरेपछि निर्माताले हिन्दी भर्सनमा पनि रिलिज गरेका थिए । १६ करोडको बजेटमा बनेको यो फिल्मले मंगलबारसम्म बक्सअफिसमा ४ सय करोड रुपैंयाँको आँकडा पार गरिसकेको छ । ४ सय करोड आँकडा पार गर्ने यो दोस्रो कन्नड फिल्म हो ।

फिल्मले यशको ब्लकबस्टर फिल्म ‘केजीएफ २’को रेकर्ड तोडेको छ । फिल्मले कर्नाटकमा हालसम्म १६८ करोड, तमिलनाडुमा १२ दशमलब ७० करोड, केरलामा १९ दशमलब २०, तेलंगानामा ६० करोड, नर्ड इण्डियामा ९६ करोड र ओभरसिजमा ४४ दशमलब ५० करोड रुपैंयाँ कलेक्सन गरेको छ ।