२४ बैशाख २०८१, सोमबार

रोचक प्रतिस्पर्धा महोत्तरीमा: माओवादी नेता पाेखरेललाई पछि पार्दै एमालेका महताेकाे अग्रता

Mahotari 1

मतगणना भएका महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ । 

महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमाहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको वेला उनलाई एमालेका लक्ष्मी महतोले पछि पारेका छन् ।

अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाएका छन भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहेका छन् । गौशालाको नगरपालिकाको वडा न. १ र २ को मतगणना सकिँदा पोखरेल ६४९ मतान्तरले पछाडि परेका छन ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछि पारेका छन् । क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहेका उनभन्दा कापर १००८ ले अघि छन् ।

क्षेत्र न. ४ मा भने मतगणना सुरु भएको छ । औरहीबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार...