६ बैशाख २०८१, बिहीबार

कृष्णगोपाल श्रेष्ठ निर्वाचित काठमाडौं ९ बाट

krishna gopal shrestha

नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ ।

एमालेका कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ बाट निर्वाचित हुनुभएको हो । उहाँले १० हजार २० मत पाउनुभएको छ ।

उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७ सय २५ र सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५ हजार २ सय ७९ मत प्राप्त गर्नुभएको छ ।

पूर्व शिक्षामन्त्री श्रेष्ठ ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।