६ बैशाख २०८१, बिहीबार

यस्तो छ आजको विदेशी विनिमय दर

dollar

नेपाल राष्ट्र बैंकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम भएको छ । सोमबारको तुलनामा आज अमेरिकी डलर ७५ पैसाले घटेको हो ।

आज युरोपियन युरोको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा कायम भएको छ । सोमबार युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २५ पैसा थियो । अष्ट्रेलियन डलर खरिदमा पनि ५४ पैसाले घटेर ८७ रुपैयाँ र बिक्रीदर ८७ रुपैयाँ ४० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा छ भने सिंगापुरे डलरको खरिददर ९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

    सम्बन्धित समाचार...