१६ चैत्र २०८०, शुक्रबार

बराबरी खेल्दै अंक बाढे अमेरिका र वेल्सले

usa wales

कतार विश्वकपको आफ्नो पहिलो खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । सोमबार राति अहमद बिन अलि मैदानमा अंक बाढेसँगै समूह बी मा सबै टोलीले एक एक खेल पूरा गरेका छन् । 

इङ्ल्यान्ड तीन अंक सहित शीर्षस्थानमा छ । उसले इरानलाई ६–२ अन्तरले सोमबार नै पराजित गरेको थियो । वेल्स र अमेरिकाको एक एक अंक रहँदा इरान बिना अंक पुछारमा छ । 

यस अघि खेलको ३६औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको अमेरिका दोस्रो हाफमा गोल बेहोर्न पुगेको थियो । बेलले ८२औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै टोलीको हार टारेका थिए ।

    सम्बन्धित समाचार...