११ बैशाख २०८१, मंगलवार

जनमोर्चाका चित्रबहादुर केसी अगाडि बाग्लुङ-१ मा, देवेन्द्र पौडेल २ मा

chitra
फाइल फोटो

बाग्लुङ क्षेत्र नं २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले एक हजार नौ सय नौ मत प्राप्त गर्नुभएको छ । प्रतिद्वन्द्वी नेकपा ९एमाले०का मञ्जु शर्मा चालिसेले एक हजार ३५ मत प्राप्त गर्नुभएको छ ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन दुई हजार नौ सय ९५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले दुई हजार सात सय ५९ मतसहित पछ्याइरहनु भएको छ ।

साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर चार हजार दुई सय ८३ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका लक्ष्मण पुन तीन हजार पाँच सय ६८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

बाग्लुङ-१ मा जनमोर्चाका चित्रबहादुर केसी अगाडि

निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा अग्रता कायमै राख्नुभएको छ ।

प्रतिनिधिसभा सदस्यको मतगणनामा केसीले एक हजार नौ सय ८५ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले एक हजार सात सय ५५ मतसहित पछ्याइरहनुभएको छ ।
    
बिहान ३ः३० बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ सय ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले ७०, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले तीन र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १३ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म एक सय ८० मत बदर भएको छ ।