
दाङ २ को मतगणनामा सत्ता गठबनधनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । यसअघि एमालेका शंकर पोखरेलले सुरुवाती अग्रता लिएकोमा रेखाले उछिनेकी हुन् ।
अहिलेसम्म २७ सय ८० मतगणना हुँदा माओवादीकी शर्माले १४ सय ५० र एमालेका महासचिवसमेत रहेका पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।
दाङ १ मा मेटमणि चौधरीको अग्रता, शान्ता पछिपछि
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् ।
सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ५० मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।