११ बैशाख २०८१, मंगलवार

अपडेट: प्रारम्भिक मतगणनामा एमाले १७ स्थानसहित पहिलो

localElectionAllParties

प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेले १७ स्थानमा अग्रता लिईरहेको छ यसअघि संसदमा रहेका तीन पार्टीले अझै अग्रता लिन सकेको देखिएको छैन ।

नयाँ तीन पार्टीले भने प्रारम्भिक मतगणनामा अग्रता लिईरहेका छन ।

सत्तारुढ गठबन्धनका नेपाली कांग्रेसले ११, नेकपा एसले २, नेकपा माओवादी केन्द्रले १ र तमलोपाले १ स्थानमा अग्रता लिइरहेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक उम्मेदवारी दिएको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा अग्रता लिदाँ नयाँ पार्टीहरु जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले २–२ स्थानमा अग्रता लिईरहेका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानमा अग्रता लिदाँ यस अघिका प्रतिनिधिसभामा रहेका मधेस केन्द्रित दल जनता समाजवादी पार्टी, नेमकिपा र राष्ट्रिय जनता पार्टीले अहिलेसम्म अग्रता लिएको देखिएको छैन ।