१६ चैत्र २०८०, शुक्रबार

एक दिन अझै कुर्नु पर्ने उपल्लो- तल्लो डोल्पासहित मुड्केचला, जगदुल्ला गाउँपालिकाको मतपेटिका सदरमुकाम ल्याउन

matpetika

उपल्लो डोल्पासहित तल्लो डोल्पाको मुड्केचला, जगदुल्ला गाउँपालिकाको मतपेटिका सदरमुकाममा ल्याउन अझै एक दिन कुर्नु पर्ने भएको छ ।  

ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिकाको मात्रै मतपेटिका सदरमुकाम दुनैमा पुर्याएको डोल्पाका जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिए । उपल्लो डोल्पाबाट हेलिकोप्टरको सहायताले मत पेटिकाहरू सदरमुकाम ल्याउने तयारी भइरहेको अधिकारी सार्कीले बताए । 

त्यस्तै, जाजरकोटको पश्चिम क्षेत्र जुनिचाँदे, शिवालय गाउँपालिकाको मतपेटिका सदरमुकाम बेलुकीसम्म मात्र पुग्ने मुख्य निर्वाचन अधिकृत केशवराज चपाइले बताए । बेलुकी नै सर्वदलीय बैठक बोलाएर मतगणना सुरु हुने उनले बताए ।