१३ बैशाख २०८१, बिहीबार

जी ७ राष्ट्रले गुहारे सुरक्षा परिषद उत्तर कोरियाका क्षेप्यास्त्र परीक्षण रोक्न

g71613806375

जी ७ राष्ट्रहरूले आइतबार उत्तर कोरियाको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपणको आलोचना गर्दै संयुक्त राष्ट्रसंघअन्तर्गतको सुरक्षा परिषदलाई परीक्षण रोक्न थप ‘महत्वपूर्ण’ कदम चाल्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायले शान्ति र स्थायित्वका लागि आह्वान बाबजुद उत्तर कोरियाको बारम्बारको मिसाइल प्रक्षेपणले यस क्षेत्रलाई थप अस्थिर बनाएको जी ७ राष्ट्रहरूको समूहका विदेश मन्त्रीहरूले बताएका छन् ।

जी ७ राष्ट्रहरूले जारी गरेको एक विज्ञप्तिमा एकजुट र सशक्त जवाफका लागि अन्तर्राष्ट्रिय समुदायको आह्वान र सुरक्षा परिषदले लिनुपर्ने थप महत्वपूर्ण उपायहरूको आवश्यकतामा जोड दिइएको छ ।