१२ बैशाख २०८१, बुधबार

सदर र बदर मतको विषयमा विवाद हुँदा भक्तपुर २ मा रोकियो मतगणना

mahesh and durlab

सदर र बदर मतको विषयमा विवाद हुँदा भक्तपुर क्षेत्र नं. २ मा मतगणना रोकिएको छ । यस क्षेत्रमा आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको थियो।

विवाद निस्किएपछि केहि समय अघि मतगणना स्थिगित गरिएको हो। भक्तपुर–२ मा ९१ हजार ९११ मतदातामध्ये ६५ हजार ७७५ मत खसेको छ।

हिजो मतदान सकिएपछि गएराति १० बजे सर्वदलीय बैठक बसेर साढे २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।

भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत, जनता समाजवादीका दिलबहादुर तामाङ, राप्रपाका मोहन केसी, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगर रहेका छन् ।

प्रारम्भिक मत गणनामा कांग्रेसका थापाले अग्रता लिएका छन् । थापाले २ हजार २३० मत पाउँदा एमाले उम्मेदवार महेश बस्नेतले १ हजार ६३२ र राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।