५ जेष्ठ २०८१, शनिबार

फोटो खिच्न नदिएको भन्दै आयोगका विरुद्धमा उभियो फोटो पत्रकार क्लब

pj club

 नेपालमा संविधानसभाबाट संविधान जारी भएसँगै दोस्रो पटक आज २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेको छ ।

नेपालको संविधानमै ग्यारेन्टी गरिएको प्रेस स्वतन्त्रतालाई संवैधानिक निकाय निर्वाचन आयोगले नै पटक–पटक पालना नगर्ने, प्रेस स्वतन्त्रतालाई मिच्न खोज्ने आदि क्रियाकलापबाट यस फोटो पत्रकार क्लबको गम्भीर ध्यानाकर्षण भएको छ ।

आज भइरहेको मतदानका दिन फोटो पत्रकार तथा आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित र सहजढंगबाट तस्बिर तथा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण बनाउन पर्नेमा आयोग नै काठमाडौँ र भक्तपुर लगायत विभिन्न मतदान स्थलहरूमा फोटोपत्रकारहरुलाई तस्बिर सङ्कलन र सम्प्रेषण गर्न रोक्ने, सुरक्षाकर्मी प्रयोग गरेर असभ्य तवरले प्रस्तुत हुने, बाधा पुयाउने आदी कार्यको फोटो पत्रकार क्लब घोर भर्त्सना गरेको छ ।

निर्वाचन आयोगसँग विगतमा भएको पटक पटकको छलफलमा समेत फोटोपत्रकारहरुलाई तस्बिर सङ्कलनमा सहजीकरण गर्ने, कुनै प्रकारको बाधा नगर्ने प्रतिबद्धता व्यक्त गरेको आयोग नै रोक्न उद्धृत भएको फोटो पत्रकार क्लबको ठहर रहेको छ । अत निर्वाचन आयोगलाई संविधानको पालना गर्न, निर्वाचनका विभिन्न गतिबिधीहरुको तस्बिर सङ्कलन तथा सम्प्रेषणका लागी सहज वातावरण बनाउन फोटो पत्रकार क्लब निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ ।

    सम्बन्धित समाचार...