
बैतडीको पाटन नगरपालिका ४ की ११३ वर्षीया मानमती देवि भट्टले मतदान गर्नुभएको छ । आज प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले मत खसाल्नुभएको हो । पाटन ४ कै उदयदेव आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभयो ।
अब आउने नयाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने उहाँले सुनाउनुभयो। ‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकैबाट देखेकी छु, अब देशमा स्थायित्व होस, गरिवका दिन पनि आउन भन्ने चाहेकी छु,’ उहाँले भन्नू भयो।
जनताको दुःख बुझ्न सक्ने नेतृत्व चुनियोस् भन्ने चाहेको उहाँले दोहोराउनुभयो ।