१५ चैत्र २०८०, बिहीबार

यही १५ मंसिरसम्ममा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने ओलीको दाबी

newskarkahna news403480

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १५  मंसिरसम्ममा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।  

आइतबार प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि अध्यक्ष ओलीले १५ मंसिरसम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताए ।

उनले यसअघि तालमेल गरेका दलहरूसँग मिलेर सरकार बनाउने समेत बताए । अध्यक्ष ओलीले यस निर्वाचनमा आफूहरूको स्पष्ट बहुमत आउने पनि दाबी गरेका छन् ।