१५ चैत्र २०८०, बिहीबार

मतपेटिका फुटाए नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा

pokhara nekapa

नेत्रविक्रम चन्द नेतृत्वको नेकपावाट विभाजित भएका नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतदान भईरहेको बेला नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आफुले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । परियारले मतपेटिका फुटाएपछि स्थगित भएको मतदान पुनः सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ  ।

mat